घर बेचेर उपचार गर्ने विजयदेवीको सपनामा वडा कार्यालय बाधक !

उकेरा

काठमाडौँ

७५ वर्षीया विजयदेवी कसौधन बुटवल उपमहानगरपालिकाको वडा नम्बर ५ मा बस्छिन्। त्यहीँ उनको कित्ता नम्बर २९ मा १९६.५० वर्गमिटर क्षेत्रमा पुरानो एकतले घर छ।

उनले सो घर बेच्न चाहेकी छिन्। घर बेचेर औषधी उपचार गर्ने र बाँकी रकमले अन्यत्र जग्गा किन्ने विजयदेवीको योजना छ। तर वडा कार्यालयबाट चार किल्ला प्रमाणित गर्न नसक्दा घर बिक्री हुनै सकेको छैन।

विजयदेवी सौतेनी छोरा वीरेन्द्रकुमार कसौधनले निवेदन दिएको निहुँमा वडा कार्यालयले चार किल्ला प्रमाणित गर्न नमानेको बताउँछिन्। उनी चार किल्ला प्रमाणित नभएको भन्दै ९ महिना यता वडादेखि अदालतसम्म पनि धाइसकेकी छिन्। तर समस्या जहाँको त्यहीँ छ।

‘पटक–पटक वडा र नगरपालिकामा हारगुहार गर्दा पनि आफ्नो सम्पत्तिको चार किल्ला प्रमाणित नभएपछि अदालतमा रिट दायर गरेँ। त्यसपछि पनि न्याय पाएकी छैन’, उनले भनिन्।

 

प्रकाशित मिति: : 2022-02-03 10:27:00

प्रतिकृया दिनुहोस्