के लिच्छविकालमा दुई संवत् चलेको थियो ?

 २०७८ पौष ५ गते पाटन भीमसेन मन्दिरअगाडि ढल उत्खनन भइरहेका क्रममा लिच्छविकालीन शिलालेख भेटिएको खबरले निकै चर्चा पायो। यसरी लिच्छविकालको तथ्य इतिहास प्रस्फुटन हुने शिलालेख भेटिएलगत्तै आकर्षित हुन पुगेका विभिन्न जिज्ञासा तथा तथ्य बुँदागत रूपमा राख्न चाहन्छु।

१) सुरुमा लिच्छविकालीन शिलालेख फेला परेको सूचना पुरातत्त्वविद् प्रकाश दर्नालबाट पाउनासाथ यो स्मरण भयो कि ललितपुर मंगलबजारस्थित भीमसेन मन्दिरअगाडि सडकमा ढल छोपी राखेको शिलामा अंकित अभिलेख भनेर पुस्तकमा उल्लेख थियो । सायद त्यही अभिलेख फेरि फेला परेको होला भन्ने लागेको हो। तर स्थलमै गएर हेर्दा झनै खुसीको कुरो पाएँ। किनकि प्राप्त उक्त अभिलेख हराइरहेको अभिलेख नभई नयाँ अप्रकाशित अभिलेख रहेछ।

२) संयोग नै भन्नुपर्छ हराइरहेको अभिलेख पनि १५ पंक्तिकै थियो भने हालै प्राप्त अभिलेख पनि १५ पंक्तिकै छन्। तर हराइरहेको शिलालेख संवत् ५१६ वैशाखको थियो भने हाल प्राप्त अभिलेखमा संवत् ५३६ ज्येष्ठको रहेको यकिन भयो। 

प्रकाशित मिति: : 2022-02-03 13:47:00

प्रतिकृया दिनुहोस्