महिला भलिबल टोली सरकारबाट नगदसहित पुरस्कृत

File photo
File photo

गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप एभिसीं अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही पाँच लाख नगदसहित पुरस्कृत गरेका हुन्।यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख नगदसहित पुरस्कृत भए । ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोलीले लगातार दोस्रोपटक उपाधि रक्षा गरेको हो।
 

प्रकाशित मिति: : 2022-02-04 16:58:00

प्रतिकृया दिनुहोस्