दक्षिण कोरियाबिरुद्ध पुनरागमन जित सहित चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ।
मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २-० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै नवौं पटक उपाधिमाथि कब्जा जमाएको हो।
पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनको लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे।
कोरियाको लागि चोई युरी र जी सो युनले गोल गरेपनि उपाधी जिताउन सम्भव भएन।
नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन। नेपाल छनोट चरणबाटै बाहिरिएको थियो।