'नेपालमा कोरोना शान्त भएको छ, अब यूटर्न हुने सम्भावना छैन'

सेतोपाटी

काठमाडौँ

नेपालमा पछिल्लो एक सातादेखि कोरोना संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक सातामै संक्रमण दर १८ प्रतिशतले घटेको छ। 

मन्त्रालयको तथ्यांक अनुसार माघ १८ गते संक्रमण दर ३१.५८ प्रतिशत रहेकोमा सोमबार संक्रमण दर जम्मा १३.८१ प्रतिशत थियो। यो तथ्यांकले संक्रमणको जोखिम कम हुँदै गएको बुझाउँछ। 

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पनि नेपालमा कोरोना संक्रमण शान्त भएको उल्लेख गर्दै अब यो लहरमा खराब स्थिति फेरि फर्किने सम्भावना नरहेको बताएका छन्।

प्रकाशित मिति: : 2022-02-08 16:18:00

प्रतिकृया दिनुहोस्