२४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी गत २४ घण्टामा थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ। यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति: : 2022-02-09 17:16:00

प्रतिकृया दिनुहोस्