चेल्सी फिफाकाे फाइनलमा प्रवेश

File Photo
File Photo

इंग्लिस  क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो। रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे। 

चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2022-02-10 07:38:00

प्रतिकृया दिनुहोस्