नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआईपीए०ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो।यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ।२७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडी मध्यबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ। जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन्। एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ। एक पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतीत गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कार बाट सम्मान गरिने छ। यस्तै एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ। जसमा नगद २५ हजार रहेको छ । यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी हुनेछन्। जसले १० हजार पाउनेछन्।