एभरेस्ट एकेडेमीको दोस्राे जित

File photo
File photo

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो दिन सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले दोस्रो जित दर्ता गर्ने क्रममा सैनिक आवासीय मावि अत्तरियालाई ६ विकेटले पराजित गरेको छ। 

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षतिमा भेटायो।एभरेस्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३६ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कृष ऐरले अविजित २९ रन बनाए ।

रितीक र कृषले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरे। सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खड्क बोहरा र गौतम केसीले समान एक एक विकेट लिए।यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा १०३ रन बनाएको थियो। उसको लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए।

एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक तीन विकेट, धर्म जोशी र दिपक रोकायाले समान दुई दुई विकेट र कृष ऐरले एक विकेट लिए।खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट घोषित भए।

प्रकाशित मिति: : 2022-02-16 15:19:00

प्रतिकृया दिनुहोस्