यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर

विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ। खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म। धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन्।

यी हुन् सम्बन्ध बिच्छेद भएका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर :-

शिखर धवन
शिखर धवनले सन् २०१२ मा आयशा मुखर्जीसँग विवाह गरेका थिए। आयशा मेलबर्नकी एक ब्रिटिश बंगाली हुन्। पहिलो विवाहपछि आयशाले सम्बन्ध बिच्छेद गरेकी थिइन्।उनका पहिलो श्रीमानबाट दुई छोरी पनि छन्। आयशा शिखरभन्दा १० वर्ष जेठी छिन्। शिखर र आयशाको पनि गत वर्ष सम्बन्ध विच्छेद भएको थियो। उनीहरू एक छोरा पनि छन्। 

अनिल कुम्बले
भारतका चर्चित लेग स्पिनर अनिल कुम्बलेकी श्रीमतीको पनि पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद भएको थियो। चेतना नामकी यी महिलासँग कुम्बलेले सन् १९९९ मा विवाह गरेका थिए। 

मोहम्मद शामी
यो सूचीमा भारतीय तीव्र गतिका बलर मोहम्मद शामीको नाम पनि आउँछ। शामीले २०१४ मा हसिन जहाँसँग विवाह गरेका थिए । तर, अहिले यी दुईबीचको सम्बन्ध राम्रो छैन्, दुवै अलग बस्छन्। हसिनले पहिलो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद गरेकी थिइन् ।

मुरली विजय
भारतीय ब्याट्सम्यान मुरली विजयले निकिता भान्जारासँग विवाह गरेका थिए। निकिता टिम भारतीय खेलाडी दिनेश कार्तिककी पहिलो पत्नी थिइन्। तर, पछि कार्तिकसँग सम्बन्ध बिच्छेद गरी विजयसँग विवाह गरिन्। 

बैंकटेश प्रसाद
भारतीय टीमका पूर्व तीव गतिका बलर बैंकटेश प्रसादले पनि सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरेका थिए। 

सन् १९९६ मा बैंकटेश प्रसादले पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी जयन्ती नामकी महिलासँग विवाह गरे। यी दुईको भेट क्रिकेटर अनिल कुम्बलेले गरेका थिए।
 

प्रकाशित मिति: : 2022-02-17 16:29:00

प्रतिकृया दिनुहोस्