रोकिएको काम तीव्र गतिमा अघि बढाउँछुः राखेप कार्यवहाक सदस्यसचिव थापा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन्।

बिहीबार पदवहाली गर्ने क्रममा थापाले उक्त बारे बताएका हुन्। ‘अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार हो। जुन ठप्प छन्। तिनलाई अगाडि बढाउँछु।’उनले भने। 

बिहीबार पदवहाली गदै उनले ‘एसियाली खेलकुद र नवौँ राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम अघि बढाउने बताएका छन्। अब सदस्यसचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु।’उनले पुन भने। 

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको अनुभव सुनाउँदै भने, ‘यहाँका सबै समस्याका बारेमा जानकार छु। मैलै बुझ्दै छु भन्न पाउँदिन। जुन ग्यापले हाम्रो समस्याहरू अड्केर बसेका छन्। ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्ने छु।’

थापाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो।

प्रकाशित मिति: : 2022-02-17 16:58:00

प्रतिकृया दिनुहोस्