नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुन जी)को स्मृततिमा दोस्रो किसुन जी स्मृति राष्ट्रिय म्याराथुन हुने भएको छ।
म्याराथुन आगामी चैत १९ गते गर्ने लागिएकाे काठमाडौँ आयोजित एक कार्यक्रम मार्फत् आयोजक नेपाल लोन्तान्त्रिक खेलकुद संघले जानकारी दिएको हो।
दोस्रो पटक आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत देशभित्र रहेका प्रतिभावना खेलाडीहरुलाई खेलको अवसर प्रदान गर्न खेलमार्फत भाइचारा, आपसी सहयोगको सम्बन्ध अझ प्रगाढ पार्दै लैजाने र नेपाली खेलकुदलाई व्यासायिक रुपमा अगाडि बढाउने उद्देश्य रहेको कार्यक्रमाका अध्ययक्ष दिपक गुरुङले बताए।
म्यराथुनकाे रुट गोल्फुटर बास्केटबल कोटबाट सुरु भएर धुम्बराही चोक, सुकेधारा चोक, धोवीखोला पुल, चाबहिल चोक, मित्रपार्क, जयबागेश्वरी, गौशला, रातोपुल, ज्ञानेश्वर,कमल पोखरी, सि.टी सेन्टर, कुष्ण पाउरोटी, हातिसार, जयनेपाल हल, दरबारमार्ग, केशरमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, महाराजंग, नारायण गोपाल चोक, बाँसबारी, गोल्फुटर, हातिगौडा, बुढानीलकण्ट, नाराणथान हुदैँ सोही रुट फर्किएर गोल्फुटर बास्केटबल कोटमा आएर सम्पन्न हुनेछ।
उक्त म्याराथनको पहिलो संस्करण २०७७ माघ २१ गते भएको थियो।