चट्टानमा खोपिएको ह्योल्मो चिनारी

हिमाल खबर

वाङ्गेल लामा र गौरब केसी
सिन्धुपाल्चोकका ह्योल्मोहरूले प्राचीन असुर विद्याको पुस्तक भनी विश्वास गर्दै आएको पत्रे चट्टान। तस्वीरहरू: वाङ्गेल लामा

मेलम्चीको बाढीले माथिबाट ढुङ्गा र बालुवा तल बगरमा थुपारिदिंदा थुप्रै क्रसर व्यवसायी मालामाल भएका छन्। तर, ती ढुङ्गाहरूलाई सम्पदा मान्ने माथिका ह्योल्मोहरू भने चिन्तामा छन्।

सिन्धुपाल्चोक, मेलम्चीको माथिल्लो भेगमा बस्ने ह्योल्मो समुदायले गत जेठ अन्तिमतिरै अनिष्टको सङ्केत पाइसकेको थियो। मेलम्ची र याङ्ग्रीसँगै बग्ने इन्द्रावतीको सुसाहट त्यस दिन अलि असामान्य थियो। त्यसैले तिम्बु, खार्चुङ, सेर्माथाङ, तार्केघ्याङ, मिलिम्छिमघ्याङ, नाकोतेसम्मका ह्योल्मोले लेकका गोठ झरिसकेका थिए। खोला किनारमा घर भएकाहरू छिमेकमा सर्दै थिए।

प्रकाशित मिति: : 2022-02-21 18:45:00

प्रतिकृया दिनुहोस्