बहिनीको सुन्दरतामा रेखाको जलन

File photo
File photo

बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन्। यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन्।

उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन्। एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन्। बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो।

‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें। पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण  मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए। त्यहीकारण, म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थें। म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थें। भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थें’, उनले भनेकी छन्।

रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन्। रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे। तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन्।

प्रकाशित मिति: : 2022-02-24 13:30:00

प्रतिकृया दिनुहोस्