एमसीसी सम्झौताको सकिँदै डेडलाइन, दलहरू तीव्र दौडधुपमा

अन्तिम घडी दौडादौड

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले/राधा खनाल
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको छलफल।

अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिँदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरे। यसमा दुई प्रयोजन देखिन्छ। एक, गठबन्धन जोगाउने, एमसीसी पास गर्ने। अर्को एमसीसी रोक्ने। 

कांग्रेस र एमालेबीच दिउँसो र बेलुका गरी दुईपटक वार्ता भयो। छलफल सकारात्मक भएको एमाले उपाध्यक्ष सुवास नेम्बाङले बताए। ‘प्रधानमन्त्री र अध्यक्षबीच एक्लाएक्लै र सामूहिक रूपमा पटक–पटक कुराकानी भएको छ’, नेता नेम्बाङले भने, ‘वार्ता सकारात्मक ढंगले अघि बढेको छ। यसलाई शुक्रबार पनि निरन्तरता दिनेछौं।’ संसद्को अवरोध हटाउन समझदारी कायम गर्ने विषयमा कुराकानी भएको नेम्बाङले बताए। 

प्रकाशित मिति: : 2022-02-25 09:21:00

प्रतिकृया दिनुहोस्