'मलाई पक्राउ गर्ने रूसी योजना विफल बनाइदिए'

बिएल संवाददाता

किव, यूक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातारात आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथी दवाव सिर्जना गर्न रुसी जनताहरूलाई आग्रह गरेकाे बीबीसीले जनाएकाे छ।

'हामीले योजना असफल बनाएका छौँ,' जेलेन्सकीले भने। युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्। आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाई छ।

अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपियन समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।

प्रकाशित मिति: : 2022-02-26 18:10:00

प्रतिकृया दिनुहोस्