रूसी सैनिक चढेको विमान खसालिदिएको युक्रेनको दाबी

Huw Evans Picture Agency
Huw Evans Picture Agency

युक्रेनको रक्षा मन्त्रालयले रूसी सैनिकहरू चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ। तर यसबारे हालसम्म रूसले कुनै प्रतिक्रिया जनाएको छैन।

किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रूसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको रक्षा मन्त्रालयले उल्लेख गरेको छ।

यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्न सक्छ।

युक्रेनका सैन्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रूसी सैन्य विमान खसालेकोप्रति सङ्केत गर्दै सन् २०१४ मा युक्रेनी विमान खसालिएको घटनाको बदला लिइएको बताएको बीबीसीले जनाएको छ।

शनिवार नै रूसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आक्रमणमा मस्कोले कुनै मानवीय क्षति नव्यहोरेको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-02-27 06:09:00

प्रतिकृया दिनुहोस्