एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ। एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए। 

त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए। छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ।

सभामुख सापकोटाले आइतबारै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गरेका छन्।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो। एमसीसीलाई आजै सरकारले अनुमोदन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: : 2022-02-27 18:48:00

प्रतिकृया दिनुहोस्