रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

Photo - REUTERS
Photo - REUTERS

रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन्।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्। यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म यूक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ।

पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ।

पोल्याण्ड

पोल्याण्डका सीमा रक्षकहरूको भनाइअनुसार करिब एक लाख ५६ हजार युक्रेनी पोल्याण्डको सीमा पार गरेर भागेका छन्। शुक्रबार मात्रै ५० हजार युक्रेनी पोल्याण्ड पुगेका थिए।

पोल्याण्डका अधिकारीले ९० प्रतिशत शरणार्थीहरूलाई साथीभाइ वा सम्बन्धले स्थापना गरिरहेको भए तापनि सीमा नजिकै नौवटा स्वागत केन्द्रहरू स्थापना गरिएको बताएका छन्।

रूसको आक्रमण अघि पोल्याण्डमा १५ लाख युक्रेनीमुलका नागरिकले बसोबास गर्दै आएका छन्।

देशभरिका मानिसहरू नयाँ व्यक्तिहरूलाई आवास, पैसा, लुगाफाटा र काम दिन जुटिरहेका बताइएको छ।

रोमानिया 

बिहीबारदेखि रोमानिया पुगेका ४७ हजार युक्रेनीमध्ये २२ हजार अन्य मुलुकमा गइसकेको सरकारले बताएको छ।

अधिकांश मानिसहरू देशको उत्तरमा सिरेट हुँदै यात्रा गरिरहेका छन्, जहाँ मार्माटाई नजिकै दोस्रो शिविर स्थापना गरिएको छ। रोमानियालीहरूले पनि शरणार्थीहरूलाई खाना र लुगाफाटा अनुदान दिन सामाजिक सञ्जालहरूमार्फत् सबैलाई आग्रह गरेका छन्। 

हङ्गेरी

यस आक्रमणपश्चात् लगभग ७१ हजार यूक्रेनी शरणार्थी हङ्गेरी पुगेका यहाँको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ।

जाहोनी जस्ता धेरै सीमावर्ती शहरहरूले स्वागत केन्द्रको रूपमा सार्वजनिक भवनहरू स्थापना गरेका छन्। साधारण मानिसहरूले खाना र लुगा अनुदान दिएका छन्।

मोल्दोभा

शनिबारको अन्ततिर कम्तीमा पनि २५,००० युक्रेनी नागरिक मोल्दोभा पार गरेका थिए। संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको मध्य यूरोप प्रमुख रोलान्ड शिलिङले ‘हृदयविदारक स्थिति’प्रति यसको प्रतिक्रियाका लागि सानो राष्ट्र माल्दोभाको प्रशंसा गरेकाे छ। उनले स्थानीय जनताका साथसाथै मोल्दोभियाली सरकारले कठीन परिस्थितिमा व्यवहार गर्ने तरिकामा ‘साँच्चै प्रभावकारिता’ देखिएको बताए।

प्रधानमन्त्री नटालिया गाभ्रिलिताले शनिबार पलाङ्काको सीमा पार गर्न भ्रमण गरेका थिए। उक्त स्थानमा पाल गाउँ र चिकित्सा सुविधाहरू स्थापना गरिएका छन्।

उनले ट्वीट गर्दै भने,“यूक्रेनका लागि यी अन्धकारमय दिनहरूमा हामी यसका नागरिकहरूको पक्षमा उभिन्छौं। “सुरक्षित यातायात वा आवासको खाँचो परेकाहरूलाई मोल्दोभाले मदत गर्नेछ। हामी तपाईंको युक्रेनसँगै छौं !”

आन्तरिक रूपमा विस्थापित

युक्रेनभित्र आइतबार बिहानसम्ममा लगभग एक लाख ६० हजार मानिसहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ।

संयुक्त राष्ट्र शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले यसबारे ट्वीटमा भनेका छन्,“यूक्रेनमा विस्थापन बढिरहेको छ तर सैन्य आक्रमणको स्थितिले सङ्ख्या अनुमान गर्न र सहायता प्रदान गर्न कठिन बनाएको छ।'

प्रकाशित मिति: : 2022-02-27 20:09:00

प्रतिकृया दिनुहोस्