रूस–युक्रेनबीच बेलारूसमा शान्तिवार्ता सुरू

बिएल संवाददाता

किभ, युक्रेन
[Foreign Ministry of Belarus handout via Anadolu]

रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारूसमा छलफल सुरू भएको छ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रूसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।

रूसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रूसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए। शान्तिवार्ता सुरू हुनुअघि युक्रेनका राष्ट्रपतिले रूसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेकाे बीबीसीले जनाएकाे छ।

उनले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गरेका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युरोपेली सङ्घ ईयूलाई तत्काल आफ्नो देशलाई सदस्यता दिन आग्रह गरेका छन्।

'हाम्रो लक्ष्य सबै युरोपेलीसँग सँगै हुनु हो। अनि अझ मत्त्वपूर्ण कुरा त समान अवसर हुने अवस्थामा हुनु हो। म ढुक्क छु यो उचित कुरा हो। म ढुक्क छु यो सम्भव छ,' उनले भने।


युक्रेन–रूसबीच शान्तिवार्ताको तयारी

प्रकाशित मिति: : 2022-02-28 18:06:00

प्रतिकृया दिनुहोस्