लुम्बिनी प्रदेश सरकारको निर्णय: १८ अस्पतालमा अध्यक्ष नियुक्त, १६ जनालाई खेलकुद परिषद्को जिम्मेवारी 

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १८ वटा अस्पतालमा नयाँ अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्नुका साथै प्रदेश खेलकुद परिषद्मा १६ जनालाई नियुक्त गरेको छ। 

आइतबार बसेको मन्त्री परिषद्को बैठकले १८ वटा अस्पतालमा अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए।

प्रवक्ता शर्माका अनुसार मन्त्री परिषद् बैठकले रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डेलाई नियुक्त गरेको छ। 

यस्तै मन्त्रि परिषद् बैठकले बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डेलाई नियुक्त गरेको छ।  

त्यसैगरी बैठकले कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्यलाई नियुक्त गरेको छ। 

प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

यसैगरी प्रदेश खेलकुद परिषद्को सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय,  नवलपरासी पश्चिम नाथु सिंह नियुक्त भएका छन्। 

त्यस्तै प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापा पनि प्रदेश खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका छन्।  

आइतबार बसेको मन्त्री परिषद्को बैकठले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ। 

यसैगरी गरी आर्थिक वर्ष २०७८-२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2022-02-28 21:39:00

प्रतिकृया दिनुहोस्