सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

File photo
File photo

सुनको भाउ मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ।
 

प्रकाशित मिति: : 2022-03-01 12:10:00

प्रतिकृया दिनुहोस्