सरकारी कर्मचारी विदेश पलायनको भयावह चित्र : आफ्नो दुनो सोझिएपछि उतै बेपत्ता !

लोकान्तर

अजय अनुरागी

राज्यको लगानीमा अध्ययनका लागि अस्ट्रेलिया पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्र अधिकारी विगत ६ वर्षदेखि बेपत्ता छन्।

दुई वर्षका लागि सरकारी कोटामा अध्ययन गर्न अस्ट्रेलिया पुगेका अधिकारी उतै पलायन भएका हुन्।

शुरूमा २ वर्षको अध्ययन बिदा स्वीकृत गराएका अधिकारीले त्यो अवधिमा तलब भत्ता उतै बसेर बुझे। तलब पाउने अवधि सकिएपछि उनी सम्पर्कविहीन छन्। अध्ययन सकिएपछि कबुलियतनामा अनुसार नेपालमा आएर सेवा दिनुपर्ने हुन्छ।

मन्त्रालयको अभिलेखअनुसार उनी वरीयताक्रम अनुसार पहिलो नम्बरका सहसचिव हुन्। अधिकारी २०७२ मंसिर ९ गते अध्ययनका लागि अस्ट्रेलिया गएका थिए।

कृषि यान्त्रिकीकरण आयोजना नक्टाझिज, जनकपुरमा कार्यालय प्रमुखको रूपमा पोस्टिङ भएका बेला उनले सरकारी छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि अवसर पाएका थिए।

२०५४ माघ १० गते शाखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेका उनी उपसचिव हुँदै सहसचिव बनेका थिए।

प्रकाशित मिति: : 2022-03-02 12:51:00

प्रतिकृया दिनुहोस्