सुनको मूल्य चार सय रुपैयाँले बढेर एक लाख नजिक

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-03 11:10:00

प्रतिकृया दिनुहोस्