नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि धनगढी एफसीले मुख्य प्रशिक्षकमा युगल किशोर राईलाई पुनः नियुक्ति गरेको छ।
गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई निरन्तर रहेको यसअघि नै घोषणा गरिसकेको छ।
क्लबले मुख्य प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपिङ कोचमा मीन बस्नेतलाई पुन : अनुबन्ध गरेको हो।
पहिलो संस्करणमा टोली उपविजेता हुँदा दुबैले काम गरेका थिए। यस अघि पेपर बाहिर मुख्य प्रशिक्षकमा तोपे फुजा रहेपनि यसपटक उनि एफसी चितवनसँग जोडिसकेका छन्।