जो आँखाले होइन मनले देख्छन्

राजधानी दैनिक

काठमाडाैँ

जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ ।

त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरूको जोडी विगत तीन वर्षदेखि भोटानचौरमै छ ।

उनीहरूको रमाएका मुहार देख्दा लाग्छ, यिनीहरू नै यस धर्तीका सबैभन्दा सुखी प्राणी हुन् । तर, उनीहरूको विगत’जसले सुन्ने धैर्य गर्छ, भरिएको उत्साह पनि बेलुनबाट फुस्केको हावाझैं, दुःखको वायुमण्डलमा मिसिन्छ ।

तातोपानी गाउँपालिका–७ सर्मी गाउँको यो दृष्टिविहीन दम्पतीको जीवन अनेक दुख, कष्ट, अभाव र अपमान सहँदै घस्रिरहेको छ, खुट्टा खोच्याउने गोरुले तानेको हलो जस्तो, घचक्कघचक्क ।

प्रकाशित मिति: : 2022-03-05 08:41:00

प्रतिकृया दिनुहोस्