दाङमा मृत भेटिएका पुरुषको सनाखत

दाङको घोराहीमा मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ। गत बुधवार घोराही उपमहानगरपालिका ४ अम्मरे सोतामा मृत भेटिएका पुरुष घोराही ७ राजपुरका ५० बर्षिय भोलाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृत भेटिएको पुरुषको आफना छोराले सनाखत गरेको प्रहरीले बताएको छ। मृतकको शवलाई पोष्टमार्टम गरी आफन्तीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रकाशित मिति: : 2022-03-06 13:34:00

प्रतिकृया दिनुहोस्