जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ

File Photo
File Photo

प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ। 

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो। 

दाङको घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2022-03-06 14:03:00

प्रतिकृया दिनुहोस्