मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा

File Photo
File Photo

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ। मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ।

यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थिय। सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो। तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो।

प्रकाशित मिति: : 2022-03-06 14:54:00

प्रतिकृया दिनुहोस्