जुम्लामा दुई वर्षपछि खुल्याे सवारी लाइसेन्स 

जुम्लामा दुई वर्षपछि सवारी चालक अनुमति पत्र (लाइसाइन्स) खुलेको छ।

यातायात विभाग कार्यालयले हप्तामा ४ दिन आइतबारदेखि बुधबारसम्म फर्म भर्न मिल्ने गरी सवारी अनुमति पत्र खुलाएको हो।

यातायात विभाग जुम्लाका प्रमुख नीर विक्रम शाहीका अनुसार भैपरी आउने समस्या बाहेक अन्य समयमा लाइसेन्सको काम सन्चालन हुनेछ।

यातायात विभागको वेबसाइटमा गएर प्रत्येक हप्तामा ४ दिन फर्म भरेर नयाँ लाइसेन्सको लागि दर्खास्त दिन सकिने बताएको छ।

प्रमुख शाहीका अनुसार ट्राइलको लागि मापदण्ड सबै तयारी पूरा भइसकेको छ।

आइतबारदेखि फर्म भर्नेको लागि लिखित परिक्षा बुधबार सूचना निकाल्ने प्रमुख शाहीले बताए।

प्रकाशित मिति: : 2022-03-06 16:52:00

प्रतिकृया दिनुहोस्