नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने

photo: CAN
photo: CAN

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ। नेपालले त्रिदेशीय टी– २० क्रिकेट खेल्नुअघि पीएनजीविरुद्ध घरेलु मैदानमा दुई एकदिवसीय क्रिकेट खेल्न लागेको हो।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ११ र १२ चैतमा खेल्नेछ। यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी– २० क्रिकेट शृंखला खेल्नेछ। घरेलु मैदानमा हुने शृंखला १४ चैत्रमा सुरु भई २१ गते सकिने छ।

नेपाली टोली हाल आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि श्रीलंका पुगेको छ। श्रीलंकामा नेपालले त्यहाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

डिभिजन २ मा आठ खेलबाट आठ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको ओमानले २० खेलबाट २९ अंक जोडेको छ।

प्रकाशित मिति: : 2022-03-07 05:35:00

प्रतिकृया दिनुहोस्