रसुवामा पहिलो पटक डार्स खेल हुँदै

File photo
File photo

रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो। 

मंगलबार सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन्।प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने उनले बताए।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन्। 
 

प्रकाशित मिति: : 2022-03-07 15:07:00

प्रतिकृया दिनुहोस्