झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २-१ गोल अन्तरले पछि पार्दै आर्मीले उपाधी उचालेको हो।

आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक एक गोल गरे।

झापाका विमल घर्ति मगरले एक गोल फर्काए।

खेलको १८औं  मिनेटमा टेक बहादुरले आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। सुमन अर्यालको क्रस पासमा टेक बहादुरले उत्कृष्ट फिनिस गरे।

त्यसको ३ मिनेट नबित्दै कप्तान जर्ज प्रिन्सले आर्मीको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको २४औं मिनेटमा झापाका विमलले गोल अन्तर कम बनाएका थिए।

प्रकाशित मिति: : 2022-03-14 17:45:00

प्रतिकृया दिनुहोस्