बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

photo: Juanjo Martin/EPA, via Shutterstock

करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ।

जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो। जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ।

पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ।

प्रकाशित मिति: : 2022-03-15 07:16:00

प्रतिकृया दिनुहोस्