प्रचण्डको लिलामी पसल

अनलाइनखबर

काठमाडाैं

अब त म कसैलाई आलोचना गरेर केही लेख्दिनँ भन्छु, तर जब डेस्कटपको विद्युतीय पर्दामा नेपालका खबरहरू पढ्छु र खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनी निकटस्थका झुट, घुर्की र धम्कीले भरिएका मन्तव्य सुन्छु, मलाई एकप्रकारको अनौठो छटपटी हुन्छ। मेरो मनमा एकप्रकारको मैले आफैँले नचिनेको आगोको उच्छलन उठ्न थाल्छ। त्यसपछि म आफ्नो शोधपत्र लेख्ने मूल काम छाडेर गुगल डक्समा नेपाली युनिकोड किबोर्ड खोज्न थाल्छु।

अनायासमै मेरा औँलाहरू नेपाली अक्षरहरू सम्झी-सम्झी दौडन थाल्छन्। दौडन थाल्छन् त के भनौं, औँलाहरू किबोर्डमाथि बेसरी उफ्रन थाल्छन् । मान्छेहरू मेरा औँला केटीका जस्ता छन् भन्छन्। ती केटीका जस्ता औँला एकाएक उग्र बन्छन् । पल्लो अफिसमा समेत डिस्टर्ब हुनेगरी पटटट गर्दै किबोर्डमा थचारिन्छन्, केटीका जस्ता मेरा खिरिला औँला।

प्रकाशित मिति: : 2022-03-21 13:14:00

प्रतिकृया दिनुहोस्