रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो। 

लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ।बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएको थियो।

जसका लागि धिरज शाहीले ११ दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। वलिङतर्फ सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ६ र वपिन खत्रीले ४ विकेट लिए। 

जवाफी ब्याटिङमा ४७ रनको लक्ष्य पाएको बुद्धले १० दशमलव एक ओभरमा सहजै लक्ष्य पार गर्‍यो।

चार विकेटको क्षतिमा ५१ रन बनाउँदै ८ विकेटले जित निकाल्यो।जसका लागि रुपेश कुर्मी र  विपीन रावलले अविजित ११ र १० रनको पारी खेले।बलिङमा लुम्बिनी खुकुरीका शाहाव आलमले २, धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए।बिहीबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए।  

१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेलाइएको हो।

जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम फाइनल पुगेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए।

शनिबार हुने फाइनलमा बुद्ध र एमसीसीबीच प्रतिस्पर्धा हुनेछ। लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


 


 

प्रकाशित मिति: : 2022-03-24 15:23:00

प्रतिकृया दिनुहोस्