दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ।
दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनायो।
नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले। १४० बल खेलेका उनले ७ चौका प्रहार गरे।
दिपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए। उनलाई नोरमान भानुवाले क्याच आउट भए।
नेपालका लागि देव खनालले एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरे। ८६ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए।
देव ३१ औं ओभरको दोस्रो बलमा क्याच आउट भए। उनलाई पीएनजीका कार्लेश एमिनीले क्याच आउट गराए।