पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ।
जरोटुप्पो साहित्य समाज नेपालको आयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो। ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए।
यो हितनको दोस्रो कृति हो। १६ कथा संग्रहीत ‘ब्लु प्लानेट’ माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन्। बाहिर नक्कली रुप देखिन्छ। तर, वातावरण भित्रभित्रै दोहन भई रहेको छ,’ उनले भने। लेखकको वातारणसम्बन्धि गहिरो बुझाई रहेको भन्दै उनले खुसी व्यक्त गरे।
उनको कथा संग्रहमा वातावरणसम्बन्धि बुझाई र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए।
लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो। लेखकीय अनूभुति सुनाउँदै लेखक हितानले पर्या लेखन अरुले पनि लेख्नु पर्ने बताए।
उनले पर्यावरण जोगाउनका लागि सबै जना लाग्नुपर्ने बताए। ‘हामी सबैले लेख्नु पर्छ । हामीले लेख्यो भने फरक पर्छ,’ उनले भने।
लेखक हितान पूर्व ब्रिटिश आमी हुन्। ओपन युनिभर्सिटीबाट वातावरण पढेका हितान हाल बेलायतको इन्भायोर्मेन्ट एजेन्सीमा काम गर्छन्।