बलिउडको 'हार्वी विनस्टीन' भनेपछि तनावमा सलमान

बलिउड स्टार सलमान खानलाई बलिउडको 'हार्वी विनस्टीन' को आरोप लागेको छ।

यो आरोप अरूले हैन, उनकै एक पूर्व केटी साथी  सोमी अलीले लगाएकी हुन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो संगीन आरोप लगाएकी हुन् ।

उनले लेखेको स्टाटस यस्तो छ, ‘बलिउडको हार्वी वीनस्टीन, एक दिन तिम्रो पनि पर्दाफाश हुनेछ। जो महिलाहरूलाई तिम्ले दुर्व्यवहार गर्‍यौ, एकदिन उनीहरूले सबै सत्य खुलाउने छन्। जसरी ऐश्वर्या राय बच्चनले बोलिन्, अरू पनि बोल्नेछन्।’

बलिउडको हार्वी वीनस्टीन, एक दिन तिम्रो पनि पर्दाफाश हुनेछ। जो महिलाहरूलाई तिम्ले दुर्व्यवहार गर्‍यौ, एकदिन उनीहरूले सबै सत्य खुलाउने छन्। जसरी ऐश्वर्या राय बच्चनले बोलिन्, अरू पनि बोल्नेछन्।
-  सोमी अली

हार्वी विनस्टीन ‘मीटु अभियान’मार्फत महिलाहरूलाई दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, यौनशोषण गर्ने आरोप लागेका हलिउडका चर्चित निर्माता हुन्। उनलाई हलिउडका केही चर्चित अभिनेत्रीसहित सयजनाभन्दा बढी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। 

हार्वी विनस्टीन' लाई २३ वर्ष जेल सजाय दिइएको छ। 

सोमी अलीको यो चेतावनीले सलमानमाथि पनि समस्या आउने देखिन्छ। यो चेतावनीसँगै सलमानको चिन्ता बढेको छ। बलिउडमा एक प्ले व्याय छवि बनाएका सलमानको नाम थुप्रै नायिकासँग जोडिएको छ। उनले ती नायिकासँग कुनै न कुनै रूपमा हिंसा गरेकै कारण ब्रेक अप भएको बताइन्छ। 

प्रकाशित मिति: : 2022-03-31 10:10:00

प्रतिकृया दिनुहोस्