दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले उचाल्यो 

दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले उचालेको छ। 

दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित रंगशालामा भएको प्रतियोगिताको उपाधि घाराही टाईगर्सले उचाल्न सफल भएको हो। 

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा आजको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घोराही टाईगर्सले देउखुरी वारियर्सलाई १ सय ३४ रनको लक्ष्य दिएको थियो। 

घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य देउखुरीले पुरै आभर खेल्दै ८ विकेटको क्षेतिमा १ सय २७ रन मात्र बनाउन सक्यो। 

जितको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको देउखुरीले पहिलो पावर प्लेमा विकेट बचाउँदै राम्रो शुरुवात गरेपनि अन्तिम ओभरमा खेल्न नसक्दा हार व्यहोर्‍यो।

देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, आशिष ओलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जोशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउदै १ सय २७ रन बनाए।

यस्तै, बलिङ तर्फ घोराहीका  रासिद खानले ४ आभरमा २० रन दिएर २ विकेट लिए। सिद्धान्त राज शाहीले पनि ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

अनुप न्यौपानेले ४ आभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट लिए। रविन थापा, आवाज गौतम र रविन्द्र जंग शाही भने विकेट विहिन रहे।

पहिलो पावर प्लेमा राम्रो शुरूवात गरेको घोराही टाईगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको थियो।

घोराहीका लागि विराट भण्डारीले ३२, रविन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बनाए।

बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए।

यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए।

चैत्र १२ गतेबाट शुरु भएको लिगमा ५ वटा फ्रेन्चाईज क्लवले अक्सन मार्फत खेलाडी किनबेच गरि लिगमा भाग लिएका थिए। 

उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेको छ। 

उपाधी विजेता तथा उपविजेता टिमलाई नेपाल क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव संजय गुरुङ, जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरी,  दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया, घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याललगायतले संयुक्त रुपमा ट्रफी हस्तान्तरण गरे।

प्रकाशित मिति: : 2022-03-31 19:51:00

प्रतिकृया दिनुहोस्