नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
सामाजिक सञ्जालबाट देउवाले टीमलाई बधाई दिएका हुन्।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो। सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो।