पूर्वी कंगोमा नेपाली शान्ति सैनिकको हत्या

UNICEF/Diana Zeyneb Alhindawi

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोहीले गरेको आक्रमणमा नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

अपरेसन ‘बाली’को लागि खटिएको शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेकाे बताइएकाे छ। आक्रमणबाट एक जना नेपाली सैनिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। ती सैनिकबारे भने कुनै विवरण खुलाइएको छैन।

आक्रमणकारीहरू कोडेकोका सदस्य भएकाे अनुमान गरिएको छ। पूर्वी कङ्गोमा भूमि र स्रोतहरूका लागि लामो समयदेखि चलिरहेको द्वन्द्वको बीचमा सक्रिय धेरै मिलिशिया मध्ये कोडेको एक हाे। 

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण इतुरी प्रान्तको जुगु क्षेत्रमा भएको थियो, जहाँ कोडेकोले हालैका वर्षहरूमा गाउँ र विस्थापन शीविरहरूमा गरेको आक्रमणमा सयौं नागरिकको मृत्यु भएको छ।

गत हप्ता आठ संयुक्त राष्ट्र शान्ति सैनिकहरू मारिए जब तिनीहरूको हेलिकप्टर पूर्वी कंगोको उत्तरी किभु प्रान्तमा दुर्घटनाग्रस्त भयो, जहाँ सेनाले फरक विद्रोही समूह, एम–२३ सँग लडिरहेको थियो।

प्रकाशित मिति: : 2022-04-06 09:31:00

प्रतिकृया दिनुहोस्