पाेखरा महानगरकाे मेयरमा एमालेबाट १२ जनाकाे नाम सिफारिस, काे–काे परे ? (सूचीसहित)

पोखरा महानगरपालिका मेयर र उपमेयरका १२ आंकाक्षीको नाम कास्की एमालले केन्द्रमा सिफारिस गरेको छ।

हिजो सहमति नजुटेपछि पोखरा नगर कमिटीले शुक्रबार निर्वाचन गर्ने भनेको थियो। यद्यपि, अन्तिम समयमा आएर सहमति जुटेपछि ३/३ जनाको नाम सिफारिस गर्ने तयारी गरे पनि अन्तिम चरणमा आएर कमिटीले सबै आकांक्षीको नाम सिफारिस गर्ने भएको हो।

निर्वाचन प्रक्रिया जिल्ला पार्टी कार्यालय भवनमा शुक्रबार बिहान सुरु भएको थियो। तर, नगर कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरी मेयर र उपमेयरका आकांक्षीमध्येबाट ३/३ जना छनोट गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो। तर, निर्वाचन नगरी सबै आकांक्षीको नाम पठाउने सहमति भएको एमाले पोखरा नगर कमिटीका सचिव जीवन आचार्यले जानकारी दिए।

मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी रहेका छन्। मेयरको उम्मेदवारको अन्तिम टुंगो भने एमाले केन्द्रीय कमिटीले लगाउने छ। नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार टुंगो लगाउने हो।

मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए। उपमेयमार ११ जना उम्मेदवार थिए। मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा.विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन्।

उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी हुन्।

प्रकाशित मिति: : 2022-04-15 17:49:00

प्रतिकृया दिनुहोस्