साढे ६ अर्बको ठेक्का ‘सेटिङ’ : मुख्यमन्त्रीलाई चोख्याउँदै छानबिन प्रतिवेदन तयार

आफूले आफैंलाई निर्दोष ठहर

अनलाइनखबर

टोपराज शर्मा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नयाँ भवनको ठेक्का आह्वान गर्दा भएको मिलेमतोबारे जाँचबुझ गर्न बनेको छानबिन कार्यदलले मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने गरी  प्रतिवेदन दिएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकले ठेक्काका निर्णयकर्ताहरु राखेर बनाएको छानबिन कार्यदलले  मुख्यमन्त्री र आफूहरुलाई झुक्याएर कीर्ते गरी ठेक्का सम्बन्धी निर्णय भएको दावीसहितको प्रतिवेदन बुझाएको हो।

मुख्यमन्त्री कुलप्रसाद केसीले आफू पनि मिलेमतोको निर्णयमा मुछिएको विषय सार्वजनिक भएपछि प्राविधिक बोलपत्रको मापदण्ड स्वीकृत गर्ने निर्णयकर्ताहरु नै राखेर छानविन गर्न कार्यदल बनाएका थिए। जुन समितिले मुख्यमन्त्रीलाई चोख्याउने गरी प्रतिवेदन ल्याउने पूर्वयोजना अनुरुप कार्यदल बनेको थियो। कार्यदलले मुख्यमन्त्रीकै चाहाना अनुरुप प्रदेश पूर्वाधार प्राधिकरणका  तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेमाथि मात्रै सबै दोष थोपरेर प्रतिवेदन ल्याएको हो।

प्रकाशित मिति: : 2022-04-15 21:03:00

प्रतिकृया दिनुहोस्