क्रुर छ फिल्म उद्योग : पल शाहको मायाले सताइराछ हिरोइनहरुलाई

राजधानी दैनिक

ध्रुव लम्साल

ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७८ अन्तर्गत ‘म यस्तो गीत गाउछु २’ चलचित्रबाट अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जिते। संस्कृति पर्यटनमन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हलमा भएको थियो।

नाबालिका गायिका बलात्कार अभियोगमा तनहुँ कारागरमा रहेका पल शाहले उत्कृष्ट नायकको उपाधि पाएको उद्घोष हुँदा दर्शकदीर्घाले उत्साहित हुँदै ताली पड्काए। पर्यटनमन्त्रीले पनि बलात्कार अभियोग लागेको व्यक्तिले सर्वोत्कृष्टको उपाधि पाएकोमा अप्ठयारो मानेनन्।

‘मन मिल्दा जे पनि गर्न दिने अहिले कुरा नमिलेपछि उजुरी यस्तो पनि हुन्छ ? नक्कचरी कहाँकी।’ अनौपचारिक भेटघाटमा महिला कलाकारहरु खुलेरै कुरा गर्छन्।

प्रकाशित मिति: : 2022-04-17 10:43:00

प्रतिकृया दिनुहोस्