पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २–१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो। जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने, दोस्रो स्थानको मार्सेलीको ५९ अंक रहेको छ।  २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधी जित्नेछ।

घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए। डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २–१ को अग्रता दिलाए। त्यसतै दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि नजिक रहेको थियो।

प्रकाशित मिति: : 2022-04-18 09:44:00

प्रतिकृया दिनुहोस्