आईपीएलः दिल्लीको टिममा देखियो कोरोना

इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी–२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ। 

हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो। हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो। त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ। 

पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो। अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो। उनको नाम भने सार्वजनिक गरिएको छैन। 

अब, दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ। खेलअघि टिम पुणे पुग्नु पर्ने थियो। तर, टिम हाल होटलमै रहेको छ। 

कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ। 

जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ। जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ। 

अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स ९यूएई०मा सारिएको थियो। भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो।  

प्रतियोगिता अन्तर्गत आज९सोमबार० एक खेल हुँदै छ। बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता किङ्स राईडर भिड्दैछन्। 
 


 

प्रकाशित मिति: : 2022-04-18 15:34:00

प्रतिकृया दिनुहोस्