१० जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६८४ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १६३ रहेको छ।

पछिल्लो समय थप ३६ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३९९ पुगेको छ।  निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ७२ हजार ७८९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३४ रहेको छ। अहिले होम आइसोलेसनमा ३२४ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा १० आइसीयुमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-19 18:14:00

प्रतिकृया दिनुहोस्