लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी- २० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ।
१ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो। लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए। लोकेश राहुलले ३० रनको योगदान गरे।
बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो।
बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए। लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए।
जितपछि बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ।
लखनऊ ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा छ।