अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन्।
पारिवारिक सदस्य र केही साथीहरूको सानो जमघटमा उनले आज (बुधबार) गुपचुप विवाह गरेकी हुन्। तथापि, उनले काे सँग विवाह गरिन् भन्ने खुलाइएकाे छैन्।
‘उनले केही समयदेखि प्रेममा रहेका एक युवकसँग विवाह गरेकी हुन्,’ उनी निकट एक स्राेतले भन्याे,‘केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने तयारीमा छिन्।’